नासाले चिनियाँ अन्तरिक्षसँग मिलेर काम गर्ने



वासिंगटन (एजेन्सी)
चन्द्रमामा नयाँ खोजका लािग नासा चीनको अन्तरिक्ष एजेन्सीसँग मिलेर काम गर्ने तयारीमा रहेको जनाइएको छ । यस अभियानमा चन्द्रमामा मानव बस्ती बसाउनु र बाहिरी अन्तरिक्षको सुदुर क्षेत्रको खोजका लागि भविष्यमा मिसनको तयारीको प्रयासले गति पाउनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सीले गत महिना चिनियाँ राष्ट्र्यि अन्तरिक्ष प्रशासन (सीएनएसए)ले अन्तरिक्ष यान चाँगे ४ ले पठाउने डाटाको विश्लेषण गर्ने सम्भावनामा छलफल गरेको छ । चीनको उक्त यान यसै महिना चन्द्र सतहमा अवतरण भएको थियो ।

नासा चन्द्रमामा फर्कने आफनो योजनामा काम गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सीले बताएको छ । यसको उद्देस्य ब्यवसायिक तथा अन्तराष्ट्र्यि सहभागितासँग तालमेल गर्नुु महत्वपुर्ण हुने नासाले जनाएको छ । यो योजनाले सौर्य मण्डल बाहिर मानव गतिविधिको विस्तार गर्नृ मद्दत हुने एजेन्सीले जनाएको छ ।

नासाले अर्को बर्ष चन्द्र अभियानका लागि एक रोबोटिक मिसन पुरा गर्ने तयारी गरिरहेको छ । यसमा चन्द्रमामा संसाधनका विषयमा अध्ययन र मानवलाई लामो समय बसाउनका लािग सतहको तयारी गर्ने योजना समावेश छ । साथै चन्दैमामा उपलब्ध अक्जिन र भविष्यका यानमा हाइड्रेजनको प्रयोग गर्नु पनि यसको उद्देस्य हो ।

 

प्रतिक्रिया दिनुहोस्