इन्टरपोलका पुर्व प्रमुखकी पत्नीद्वारा फ्रान्समा शरणको माग



पेरिस (एजेन्सी)
इन्टरपोलका पुर्व प्रमुख मेंग हांगवेइकी पत्नीले फ्रान्ससँग आफु र आफना जुम्ल्याहा बच्चालाई शरण दिन माग गरेका छन् । ग्रेस मेंग र सात बर्षका उनका दुई बच्चा फ्रान्सको लियोन सहरमा बस्दै आइरहेका छन् । लियोनमा अन्तराष्ट्र्यि प्रहरी एजेन्सी इन्टरपोलको मुख्यालय रहेको छ । मेंग होंगवेइलाई गत सेप्टेम्बरको अन्त्यमा चीनको भ्रमणका क्रममा त्यहाँको सरकारले भ्रष्टाचारको मुद्दामा हिरासतमा लिएको थियो ।

मेंग चीनका उप जन सुरक्षा मन्त्री पनि रही सकेका थिए ।उनकी पत्नीले त्यतिबेला अन्तिम पटक एक लिखित सन्देश पठाई उनको फोन कुर्न भनेको बताएकी थिइन् । अक्टोबरमा चिनियाँ अधिकारीहरुले घुष लिएको आसंकामा मेंग होंगवेइको जाँच भइरहेको जानकारी दिएका थिए ।
उनकी पत्नी र बच्चा प्रहरीको सुरक्षामा छ र उनीहरुलाई धम्की आइरहेको बताइएको छ । पत्नी ग्रेस मेंगले भनिन् , कसैले मेरो अपहरण गर्ला भन्ने मलाई डर लागिरहेको छ । मलाई अज्ञात नम्बरबाट फोन आएको छ । मेरो गाडीलाई पनि क्षतिग्रष्त बनाएको छ । चीनका दुई ब्यक्ती एक पूरुष र एक महिलाले होटल सम्म मेरो पिछा गर्यो ।

गतबर्ष सेप्टेम्बर उनका पति बेपत्ता भएपछि जेलमा उनको स्थिति र उनको विरुद्ध आरोपसँग सम्बन्धित कुनै जानकारी आफुले नपाएको ग्रेसले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्