टाटाको एनआरजी बजारमा आयो



काठमाडौं, (नेस)
टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकल परिवारमा नयाँ उत्पादन टाटा एनआरजी रावत कन्सर्न प्रालिमार्फत धनगढीमा सार्वजनिक गरेको छ । ग्राहकको बढ्दो आकांक्षालाई ध्यान दिँदै टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको हो । नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी) को रूपमा राखिएको छ । यसको स्तरीय डिजाइन र प्रविधिका कारण टाटा एनआरजीले पँर्ण रूपमा नयाँ कथा निर्माण गर्नेछ ।

१ दशमलव २ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । तीनवटा रङ मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ ।

टाटा एनआरजी धनगढीको शोरूममा पेट्रोल संस्करण २९ दशमलव ५५ लाखको शुरूवाती मँल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
बलियो साइड प्रोफाइल अद्वितीय बृत्ताकार ह्विल आर्कले हाइलाइट गरिएको, पछाडिको टेलगेट र कडा स्किडप्लेटमा मस्कुलर फिनिसर, ड्युल टोन – ४(स्पोक डुरएलोयटीएम चक्काहरू, रूफ रेलसँग इन्फिनिटी ब्ल्याक रूफ सक्रिय इन्टेरियरहरू क्यानोयन अरेन्ज हाइलाईट्ससँग कालो इन्टेरियर, २४२ लिटर स्पेस भएको ठँलो बुटलगायतका विशेषता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्