‘मेरो कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस्’



 

नेपाल समाचारपत्र
काठमाडौं
खोज पत्रकारिता केन्द्र (खोपेके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा आफँ र आफ्नो परिवारका नाममा ब्रिटिस भर्जिन आइल्यान्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता भन्ने उल्लेख गरिएकोप्रति उद्योगी अरुण चौधरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

यस्तै सँचनालाई आधार बनाई तीन–चार वर्ष पहिला पनि यो विषय बाहिर आएको उल्लेख गर्दै त्यसबेला समेत यस विषयमा प्रष्ट पारेको चौधरीले उल्लेख गर्नुभएको छ । ‘सीआईजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६÷७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको छ ।’

चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार छैन । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रासमेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दासमेत प्रष्ट हुन्छ ।’

जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रासमेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दासमेत प्रष्ट हुन्छ ।’

 

‘सो कम्पनीको शेयर होल्डर भनी मेरा छोराको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो ।’ चौधरीले भन्नुभएको छ–‘ हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं । ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानविनको विषय बन्न सक्ला ।’

आफँहरुको स्वीस बैंकमा खाता र कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता नभएको उल्लेख गर्दै र सिजी होल्डिग्स समँहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी नआएको चौधरीले दाबी गर्नुभएको छ । अहिलेसम्म आफ्नोे नेतृत्वमा सञ्चालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडीआई) नआएको भन्दै भन्नुभएको छ–‘आफ्नो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीमा म र मेरो श्रीमतीबाहेक अरु कसैको लगानीसमेत छैन । मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् ।’

चौधरीको विज्ञप्तिमा अगाडि भनिएको छ–‘म अटो मोबिल्स, शिक्षा, हस्पिटालिटी, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी हुँ । मैले मेरा कम्पनीमार्फत मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छु भने करोडौं रुपियाँ राजस्वमा योगदान समेत गर्दै आएको छु ।’

विदेशमा लगानीसम्बन्धीे ऐनको व्यवस्थालाई म र मेरो परिवारले पँर्ण रुपमा पालना गर्दै आएको र ऐनको आदेश वा निर्देशनको अक्षरंशःपालना गर्नेसमेतचौधरीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्