ठूला भारु नोट नचल्ने पक्का



काठमाडौं, (नेस)
नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठँला दरका भारतीय रुपियाँ नचल्ने आधिकारी रूपमा जानकारी गराएको छ । मंसिर २७ गतेको मन्त्रिपरिषद्को बैठकले २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा रोक लगाएको थियो ।

अनधिकृत र अवैध कालोधन निर्मँल पार्ने भन्दै भारतले गत वर्ष नोभेम्बर ८ का दिन अनपेक्षित रुपमा सो दरका नोट बन्द गर्दै नयाँ २ हजार र ५ सय दरका नोट प्रचलनमा ल्याउएको थियो । भारतले एक्कासी नोटबन्दी गरेपछि छिमेकी देशमा समेत असर गरेको थियो ।

राष्ट्र बैंकले सय भारु रुपियाँमात्र र त्यसभन्दा साना दरका नोट तथा मुद्रा चलन चल्तीमा लैजान र सटही गर्न सकिने जनाएको छ । सरकारको निर्णयसँगै सर्वसाधारणले भारतीय ठँलो नोट राख्न पाउने छैन र एक सय वा सोभन्दा साना भारतीय नोटबाट मात्रै कारोबार गर्न पाइनेछ ।
भारतको केन्द्रीय बैंक रिर्जभ बैंकले नेपालको बैंकिङ प्रणालीमा रहेका करिब ७ करोड रुपियाँ बढी सटही भएको छैन ।

नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकलाई गत पुस २० गते पत्र पठाउँदै सयभन्दा माथिका नोटलाई पनि बैधानिकता दिन आग्रह गदै पत्रचार गरेको थियो । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले पत्रमार्फत आरबीआईसँग यस्तो प्रस्तावको आग्रह गरेको थियो । तर, हालसम्म भारतले कुनै सम्बोधन गरेको छैन ।

उहाँका अनुसार यसरी भारतीय ठँला दरको नोटमा रोकसँगै सिमावर्ती क्षेत्रमा र व्यवसायमा समस्या परेको भन्दै राष्ट्र बैंकले ठँला दरको भारतीय नोट चलन चलन चल्तीमा ल्याउनको लागि भारतलाई आग्रह गरेको बताइन्छ । नेपालमा भारतीय नोट प्रतिबन्धका कारण नेपालमा भारतबाट आउने पर्यटनमा असर पर्ने विश्लेषण भईरहेको बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्