आन र गोपबीच छलफल



काठमाडौं, (नेस) नेपाल विज्ञापन संघ (आन) को शान्तिनगरस्थित कार्यालयमा गोरखापत्र संस्थानका अध्यक्षसहितको प्रतिनिधिमण्डलले निरीक्षण गर्नुका साथै आनका पदाधिकारीबीच छलफल भएको छ । उक्त अवसरमा विज्ञापनको विविध पक्ष तथा गोरखापत्र र आनबीचको सहकार्यको बारेमा विस्तृत छलफल भएको थियो । भेटघाटको क्रममा आनका पदाधिकारीबाट गोरखापत्रको सुधारका लागि विभिन्न सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्