आर्सेनलसँग हा¥यो चेल्सी



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगअन्तर्गत लन्डन डर्बीबीचको खेलमा आर्सेनलसँग चेल्सी पराजित भएको छ ।
आर्सेनलले चेल्सीलाई २–० गोलअन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन एलेक्सान्दे्र लाकाजेट्टी र लोरेन्ट कोसाइन्लीले गोल गरेका थिए । खेलको १४ औं मिनेटमा हेक्टर बर्लिनको पासमा एलेक्सान्दे्र लाकाजेट्टीले गोल गर्दै आर्सेनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यसैगरी खेलको ३९ औं मिनेटमा लोरेन्टले गोल गर्दै आर्सेनलको अग्रता दोब्बर पारे । उनले सोक्रेट्सको पासलाई सदुपयोग गरेका थिए । खेलमा २–० ले पछि परेपछि चेल्सीले गोल फर्काउन भरमग्दुर प्रयास गरे पनि असमर्थ बने । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो । आर्सेनलको २३ खेलबाट ४४ अंक भएको छ । हारपछि पनि चेल्सी ४७ अंक जोडेर चौथो स्थानमा यथावत छ ।
प्रिमियर लिग अन्तर्गत शनिबारै भएको अन्य खेलहरुमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–३ ले हराउंदा म्यानचेस्टर यूनाइटेडले ब्राइटनलाई र साउथह्याम्पटनले एभर्टनलाई समान २–१ ले तथा न्यूक्यासले कार्डिफलाई ३–० ले हराउंदै तीन अंक बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्