मेनीद्वारा डब्लूबीए उपाधि रक्षा



लन्डन, (एजेन्सी)
ब्यवसायिक बक्सिंगका चर्चित फिलीपीनी मुक्केबाज मेनी पक्याओले आफ्नो वल्र्ड बक्सिंग एसोसिएसन (डब्लूबीए) उपाधिको रक्षा गरेका छन् ।

आइतबार अमेरिकाको लस भेगासमा भएको डब्लूबीए वेल्टरवेटको उपाधि भिडन्तमा अमेरिकी मुक्केबाज एड्रियन ब्रोनरलाई अनानिमोस डिसीजनको आधारमा पराजित गर्दै मेनीले उपाधि रक्षा गरेका हुन् ।

मेनीले आफ्नो ७०औं भिडन्तमा आफूभन्दा ११ वर्ष कान्छो ब्रोनरलाई सहजै पराजित गरेका हुन् । ४० वर्षमा पाईला टेकेयता मेनीको यो पहिलो भिडन्त समेत बन्यो । ब्यवसायिक बक्सिंग करियरमा भने मेनीको यो ६१औं जित हो ।

उक्त जितपछि मेनीले अर्का अपराजित अमेरिकी मुक्केबाज फ्लोयड मेवेदरसँग रि–म्याच खेल्ने इच्छा रहेको बताए । सन् २०१५ मा यी दुईबीच भएको भिडन्तमा मेवेदरले बाजी मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्