इच्छा पूरा होला कि नहोला ?



पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालालाई तनहुँमा स्थानीय नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरे । स्वागत गर्नेमा तनहुँका नेता महेश्वर भट्टराई, तरुण नेता पूर्णबहादुर गुरुङ अग्रपंक्तिमा थिए । साथमा थिए दर्जनौं कार्यकर्ता र स्थानीयबासी ।

देउवा खेमा र कोइराला खेमाका नेता सँगै आएको देख्दा पार्टीपंक्तिमा खुसीयाली छाउनु स्वाभाविकै हो । जनताले सोचे अब नेता मिले, पार्टी एकढिक्का भएर जान्छ । गलामा खादा र माला तथा अबिरले रातै भएका देउवाले मनैदेखि पार्टी एक भएको, कुनै गुटउपगुटमा नलागेको भनी बोली रहँदा ताली परररर्र बजाइयो ।

अझ देउवाले भन्न भ्याइहाले– यो ओली सरकारले देश छियाछिया टुक्राटुक्रा पा¥यो, अब पालो कांग्रेसको हो । मुलुकलाई जोड्ने अभिभारा कांग्रेसको हातमा आएको उनको भनाइ थियो । यो कुरा धरहरालाई सही लाग्यो र त अदृश्य प्राणीले पनि परररर्र ताली पड्कायो ।

तर यसलाई के चिन्ता छ भने देखाउनका लागि मात्रै सँगै हिँडेको भए धरहराको भन्नु केही छैन । भीरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन भने झै मात्र हो भने जय नेपालका सट्टा गए नेपाल हुन्छ । नत्र ओली खोइरो खन्न छाडेर व्यवहारमै एक भएको हेर्ने धोको छ धरहरालाई, इच्छा पूरा होला कि नहोला ?।

प्रतिक्रिया दिनुहोस्