राजधानीमा बालनाटक महोत्सव



शैली थिएटरले रुसी सांस्कृतिक केन्द्र र इसानको सहकार्यमा भोलि सोमबारदेखि राजधानीमा दसौं रास्ट्रिय बालनाटक महोत्सव आयोजना गर्ने भएको छ। करिब ४ सय विद्यार्थी सहभागी हुने प्रतियोगितात्मक महोत्सवमा १९ स्कुलले सहभागिता जनाउने छन्।

९ दिनसम्म सञ्चालन महोत्सवमा आयोजक शैली थिएटरको माटोको फूल पनि मञ्चन हुनेछ।दिनको दुई नाटक मञ्चन हुने महोत्सव प्रतियोगितात्मक भएकाले बालबालिका उत्साहित बनाउन आयोजकले पुरस्कारका विधा पनि छुट्याएको छ।

शैलीका महोत्सव संयोजक सुवास सुवेदीका अनुसार छनोट भएर मञ्चनमा लगिएका नाटकलाई मञ्चनकै अवधिमा विज्ञहरूको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्यांकन गरी ६ विधामा पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्