८८ हजार रुपैयासहित तुल्सीपुरमा ४ जना पक्राउ



काठमाडौं । हिंजो दिउँसो तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ (ग) लाइन स्थित रहेको न्यू हरियाली रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन । उनिहरुबाट नगद रु. ८८ हजार २ सय ६०रुपैया समेत बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । उनिहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनिहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्