डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन



भगवती तिमिल्सना, काठमाडौ । चिकित्साशिक्षा विधेयक पारितलगायत माग राखेर ११ दिनदेखि आमरण अनशन बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघरमा प्रदर्शन गरियो । डा. केसी सोलिडारिटी अलायन्सको आह्वनमा १२ बजे माइतीघरमा भेला भएका समर्थक एव. नागरिक अगुवाको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

सहभागीहरुले हातमा ब्यानर तथा साथमा पम्पेल्टका साथ विभिन्न नारा लेखिएका टोपीसमेत लगाएका थिए । सहभागीले माफियामुखी चिकित्सा ऐन चाहिँदैन चिकित्सा शिक्षाका नाममा साम्यावादी स्वास्थ्य व्यापार, चारैतिर प्रष्ट, दुईतिहाई सरकार भ्रष्ट, माफियाको मिसन सिटामोलमा कमिसन, जिकेसीको अनशन माफियालाई टेन्सन, जिकेसीलाई कष्ठ माफिायालाई अनिष्ट, कानखोली सुन ओली र प्रचण्ड तिम्रो मार्सी भोजनले सामाज आउँदैन, नेकपाका सासंदको घडिमा माफियाको ब्याट्री, सधै सधै झुक्याउँने कहिँलेसम्म लाज पचाउने ?, माफियाको ताँती ओली सरकारका साथी , ओली सरकारको मन्त्र, नागरिकलाई झुठतन्त्र, १५चोटी सम्झौता, १५ चोटी धोका, डा. केसी तलमाथि भए, सरकारलाई कलंकको टीकालगायतका नारा लगाएका थिए ।

सोही अवसरमा कोणसभालाई संवोधन गर्दै अधिवक्ता डा.सुरेन्द्र भण्डारीले दुईतिहाई सरकारले माफियालाई संरक्षण गर्नेगरी नयाँ ऐन ल्याउन लागेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले डा.केसीको १५औं अनशन तोडाउने समयमा र पछि समेत सम्झौताअनुसार नै ऐन ल्याउने बचन दिनुभएपनि ऐन पारित गर्नेबेलामा धोका दिएपछि १६औं अनशनको अवस्था आएको स्पष्ट पार्नुभयो । ‘सरकार र सत्तापक्षहरु ९५ प्रतिशत माग पूरा भयो भन्दैछन यसो भन्नु भनेको ‘ मुटु निकालेपछि ९५ प्रतिशत अंग ठिक छ भनेजस्तै हो’

डा. केसीका सहयोगी डा. अभिशेकराज सिंहले सरकार अनशनको अवस्था निम्त्याएर अनशन दमन गर्न अमुक पात्र खडा गरेर हिडिँरहेको आरोप समेत लगाउनुभयो । उहाँले डा. केसीविरुद्ध अनशनकारी भन्दै एउटा डमी खडा गरेर संरक्षण बताउँनुभयो । उहाँले डा. केसीको स्वास्थ्य गम्भीर भएपछि काठमाडौं ल्याउने क्रममा भद्रपुरमा ती डमी अनशनकारीलाईसमेत एउटै हेलिकप्टरमा पठाउँन खोज्नुले ‘सरकार नै झडपको अवस्था निम्त्याउँन खोजिरहेको छ, हैन भने डमी अनशनकारीलाई पनि किन जता केसी गयो उतै सरकारले बोकेर हिँडिरहेको छ? ’

सिंहले ३० वर्षदेखि झलनाथ र सुवास नेम्वांङ इलामबाट चुनाव जितिरहेको तर इलाममा अस्पतालमा एउटा अक्सिजनसमेत नहुँदा डा. केसीलाई रातारात काठमाडौं ल्याउनुर्ने अवस्था आउँनु सरकारका लागि लज्जाको बिषय हो भन्नुभयो । त्यस क्षेत्रका निर्वाजिचत उनै नेताहरु बिरामी पर्दा उपचारका लागि विदेश जानहुन्छ त्यहाका जनता कहाँ जाने ? यीन बिषय अघि सारेर इलाममा मोडिकल कलेज खोल भनेर डा.केसी अनशन बस्दा उहाँहरु कानमा तेल हालेको भान गरेर बस्नुभएको छ भन्नुभयो ।

अधिवक्ता दिनेश त्रिपाठीले सरकार डा. केसीसँग सम्झौता गर्दै धोका दिँदै माफियाको भुलभुलैयामा फसेको बताउनुभयो । उहाले अहिलेको अवस्थमा आउने विधेयकलाई संविधानको भावनाको प्रतिनिधित्व नगर्ने भन्दै माफियामुसी ऐन कस्को इशारामा ल्याउन लागेको भन्दै प्रश्न गर्नुभएको थियो ।
सरकारको यो यो रवैयाको अन्त्य नभए सम्म अलायन्सले डा. केसीको जीवन रक्षामा सम्झौता अनुसारको ऐनका लागि दबाब दिन दैनिक प्रदर्शन गर्ने घोषणा गरेको छ ।

शनिवारै डा.केसीको स्वास्थ्य अवस्थाको बारेमा पूर्व राष्ट्रपनि डा.रामबरण यादवले डा.केसीलाई भेटी उहाँको उपचारमा संलग्न चिकित्सकहरुसँग जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्