ट्रम्प र किमबिचको अर्को वार्ता फेब्रुअरीमा



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनलाई आगामी फेब्रुअरीको अन्तिम सातातिर भेटघाट गर्न अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले जानकारी दिएको छ ।

याे कुरा सावजनिक हुनु अघि किमका एक विशेष दुतले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरेका थिए ।

यसपटक यी दुई नेताबीचको दोश्रो चरणको भेटघाट भियतनाममा हुने अनुमान गरिएको छ । गत वर्ष १२ जुनमा सिंगापुरुमा भएको तिनीहरबीचको ऐतिहासिक शिखर वर्तामा कोरियाली पं्रायद्विपमा निशस्त्रीकरण गने सम्बन्धमा सहमति भएके थियो । तर सो सहमति कार्यान्वयनबारे ठोस प्रगति हासिल भइसकेको छैन ।

ह्वाइट हाउसमा ट्रम्पलाई भेट्ने किम जोंग उनका विशेष व्यक्तिको नाम किम योंग छोल हो जो उत्तर कोरयाका एक शीर्ष वार्ताकार हुन् । जनरल किम योंग छोल एक पूर्व गुप्तचर अधिकारी पनि हुन् । उनलाई किम जोंग उनको दाहिने हात मानिन्छ ।

हालै चिनिया राष्ट्रपति सि जिन्पिंगले कोरियाली प्रायद्विपको स्थायी हानितका लागि अमेरिका र उत्तर कोरियाबिच सकारात्मक हमति हुनुपर्नेमा जोड दिएका थिए। त्यसैगरी किमले पनि यदि अमेरिकाले आफ्नो मुलुक माथि लगाइँदै आएको नाकावन्दि खुकुलो नपारेको खण्डमा आफुले नयाा दिशा अँगाल्नु पर्ने स्थिती आउन सक्ने चेतावनी दिएका थिए ।

गत वर्ष उत्तर कोरियाले अमेरिकाको मुख्य भुमिसम्म मार हान्न सकने अन्तरमहादेसिय क्षेप्यास्त्र परिक्षण गरेपछि अन्तर्राष्ट्रिय जगतमा ठूलै तहल्का मच्चेको थियो ।

प्रतिक्रिया दिनुहोस्