तेल पाइपलाइन विस्फोटमा एकाइस मारिए



मेक्सिको सिटी,(एजेन्सी)
मेक्सिकोको एउटा तेल पाइपलानमा शनिवार विस्फोटन हुँदा कम्तिमा २१ जना मानिसको ज्यान जानुका साथै अन्य ७१ जना भन्दा बढि घाइते भएको प्रहरीले जनाएको छ ।

हिदाल्गो राज्यको त्लाहुलिल्पान शहरमा आशंकित तेल चोरहरुले पाइप लाइनमा प्वाल पारेपछि सो भयावह दुर्घटना भएको विशवास गरिएको छ । सरकारी अधिकारीहरले शुक्रवार साँझ सो दुर्घटना हुँदा दर्जनौं मानिस कन्टेनर लिएर तेल भर्न जम्मा भएको प्रत्याक्षदर्शीहरुले बताएका छन् ।

स्थानिय सरकारी टेलिभिजनमा प्रशारित फुटेजमा भयानक आगो लागिरहेको तथा मानिसहरु पनि नराम्ररी जलदै गरेको देखिन्छ । स्थानिय माझ ‘ हुआचिकोलियो ’ नामले चिनिने यस्ता तेल चोरहरु केहि मेक्सिकन समुदायहरमा अनियन्त्रित संख्यामा रहेको सुरक्षाकर्मिहरु बताउाछन् ।

मेक्सिको सरकारले यस्तो अपराधिक गतिविधिको कारण गतवर्ष मात्र सरकारको करिव ३ अर्व अमेरिकी डलर वरावरको नोक्सान भएको जनाएको छ । गत डिसेम्वरमा मात्र सत्तामा पुगेका राष्ट्रपति एन्ड्रेज म्यानुयल लापेज ओव्राडरले यस कार्यलाई निरुत्साहित गर्न विशेष अभियानको थालनी गरेका थिए ।

मेक्सिकोको सराकारी स्वामित्वमा रहेको पेट्रोल कम्पनी पेमेक्सले अवैध तेल चोरीकै कारण आगलागी भएको दावी गरेको छ । सरकारले पाइपलाइनको सुरक्षाका लागि हजारौ संख्यामा सेना पचिारन गर्नुका साथै थुपै्र ठाउँमा असुरक्षाको कारण जनाउँदै तेल ढुवानी समेत रोकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्