बूको मृत्यु



न्युयोर्क,(एजेन्सी)
सामाजिक संजार फेसबुकका स्टार बन्न सफल बू नामक एउटा पोमेरनियन प्रजातिको कुकुरको १२ वर्षको उमेरमा मरेको उनका मालिक अमेरिकी दम्पतीले बताएका छन् ।

ति दम्पतीले आफ्नो फेसबुक पेजमा लेखेका छन् , ‘ सन् २०१७ मा आफ्नो निकै मिल्ने साथी अर्थात बडी नाकको कुकुर मरेयता उनमा मुटुको समस्या देखापरेको हो । ’ फेसबुकमा बूका १ करोड ६० लाख फलोअर छन् । पटक पटक टिभी सोमा समेत दोखापरिसकेका संसारकै सबैभन्दा सुन्दर कुकुर बूकोबारे पुस्तक समेत निस्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्