हातमा क्यान्सर भएपछि सहयोगको अपिल



सरिता चलाउने, सल्यान
हातमा क्यानसर भएपछि सल्यान शारदा नगरपालीका वडा नम्बर १३ अत्तरकाडाका ३८ बर्षिय रिसिराज भण्डारीलाई उनको परिवारले उपचारको लागी सहयोगको अपिल गरेको छ । गत असार बाट उनको हातमा क्यानसर देखा परेको थियो ।

घरमा आर्थिक अबस्था कम्जोर भएपछि उपचार हुन नसके पछि उनकी श्रीमति केशरी भण्डारीले सबैका सहयोगको अपिल गरेकी छन । पैसाको अभाबमा उपचार हुन नसके पछि अहिले बिरामीको अबस्था नाजुक बन्दै गैरहेको श्रीमति केशरीले बताएकी हुन । क्यानसर पिडित रिसीराजको अबस्था गम्भीर हुदै गएपछि मानसीक स्वास्थ्य समेत बिग्रैदै गएकाले जतिसक्दो थोरै भएपनि सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

एक बर्ष पहिले हातमा मासु पलाएको लक्षण देखिएपछि जिल्ला अस्पताल सल्यानमा पलाएको मासु काटिएको थियो । क्यानसर रोग हो भन्ने पत्ता नलागेपछि उपचारको लागी चितवन लगिएको उनले बताईन । चितवन लगिएपछि रोग पत्ता लागेको र डाक्टरका अनुसार हात काटेर निको हुने भनिएपनि घरको आर्थिक अबस्था कम्जोर भएपछि उपचार गर्न नसकेको उनले बताईन ।

अहिले सम्म २ लाख रुपैया खर्च भैसकेको भएपनि बाकी उपचार गर्ने पैसा नभएर घरमा ल्याएइएको श्रीमती केशरीले बताईन । हात कुहिएर गहन्न आउने भैसकेको छ, पैसा नभएर उपचार नै भएको छैन, गाउँमा सहयोग मागेर ८, १० हजार भयो यो पैसाले केही पनि हुन सकेन केशरीले भनीन ।

हात कुहिएर गहन्न आउने भैसकेकाले गाउापालीका, नगरपालीका तथा देश, तथा बिदेशमा रहेका सम्पुर्णले सक्दो सहयो गरिदिन केशरीले बिन्ती समेत गरेकी छ । सहयोगको आशामा मिडिया समेत गुहारेको उनले दुखेसो पोखिन ।

ज्याला मजदुरी गरेर घर परिवार चलाउदै आएका भण्डारी क्यान्सबाट थला परेपछि उनकी आमा, श्रीमति र छोरा लाई साँझ विहान छाक टार्नै धौ धौ परेको छ । ऋण गरेर अहिले सम्म जेनतेन उपचार गरेपनि घरमा आर्थिक अबस्था नाजुक भएकाले उपचार हुन नसकेको भण्डारीका परिवारजनले दुखेसो पोखे ।

डाक्टरले वेलैमा उहाको दाया हात काटेर उपचार गरेमा ठिक हुने बता बताउदै आएपनि पैसाको अभाबमा घरमै थला पर्नुपरेको क्यानस पिडीत रिसीराजले बाताए । भण्डारीको अवस्था निकै दयनिय रहेको र औषधि उपचार गर्न सक्ने पारिवारिक अवस्था नभएकाले सबैले मिलेर आफुले सक्दो सहयोग गरिदिन अनुरोध गरेका छन ।

स्थानीयले समेत आग्रह गरेका छन । सबैले सक्दो सहयोगका लागि अपिल गरेका छन । देश तथा विदेशबाट सहयोग गर्न चाहाने महानुभावहरुले ९८१०९८७४२० मा सम्पर्क गर्न अनुराध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्