मदिरा बन्द गर्न माग



डोटी, (नेस)
जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुले मदिरा बन्द गर्नु पर्ने माग राखेका छन् । जिल्लाको पुर्बिचौकी गाउँपालिका–२ बगलेकमा आयोजना गरिएको उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा त्यहाँका स्थानियले मदिराका कारण कयौका घरबार बिहिन भएको तथा बिभिन्न खाले घटना घटिसकेकाले मदिरा पुर्ण रुपमा बन्द गरिदिन आग्रह गरेका हुन् ।

स्थानियले मदिरा बन्द गर्न आग्रह गरेका कारण उनिहरुको माग लाई मध्यनजर गरी डोटीमा मदिरा बिक्रिबितरणमा कडाई गरीने डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जुनसुक्के कार्यक्रम गर्दापनि मदिरा प्रमुख कारण देखिदै आएको छ,अब हामी नयाँ तरीकाले मदिरा नियन्त्रण अभियानमा लाग्ने छौ ।’

प्रतिक्रिया दिनुहोस्