सबै वडामा निगरानी समूह



बैतडी, (नेस)
महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाका सबै वडामा निगरानी समूह गठन गरेको छ ।

नगरपालिकाभित्र रहेका ११ वटै वडामा निरानी समूह गठन कार्य सम्पन्न भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिईन् ।
वडामा महिलाहरुको भेला गराएर निगरानी समूह गठन गर्ने गरिएको हो ।

गाउँमा विभिन्न कारणले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय समुदायलाई नै जागरुक गराउने उद्देश्यले निगरानी समूहको अवधारणा अघि ल्याइएको नगर उपप्रमुख चन्दको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्