‘दमका लक्षण देखिनासाथ उपचारमा लाग्नु आवश्यक ’



लन्डन,(एजेन्सी)
दम रोगका कारण पाँच वर्षिय ओस्कारको जीवनमा नियमित अस्थिरता छाएको थियो ।

उनकी आमा कार्ला भन्छिन् , ‘ दोश्रो जन्मदिनको दिन उनी निकै बिरामी परे । कुनै औषधिले काम गरिरहेको थिएन । हामीलाई निकै पिर प¥यो । फोक्सोमा हावा भर्ने प्रयासमा उनको सानो छाती बेस्सरी तल माथि उठिरहेको त्यो दृशय मैले कहिलै भुल्न सक्तिन । ’

५७ पटक आफ्नो छोरो लिएर इमर्जेनसमिा धाइसकेपछि भने कार्ला समस्या प्रति अभ्यस्त बनिन् । तर उनले चिन्ता लिन कहिल्यै छोडिनन् ।
उनी भन्छिन् , ‘ करिव ३० मिनेट उनको खोकी रोकिन्थ्यो । ठीकठाक देखिन्थ्यो । त्यसपछि फेरि लगातार खोक्न थाल्थे र स्वाँ स्वाँ गर्न थाल्थे । हामी निकै तनावपुर्ण समयबाट गुज्रिँदै थियौं । हामीलाई हामीले उनको लागि केहि गर्न सक्तैनांै भनियो ।

संयुक्त अधिराज्यको दम रोग निकायका अनुसार वर्षेनी त्यहाा कति जनालाई यस्तो प्राणघातक दम लाग्दछ भन्ने कठिन छ । किनभने सबै उपचारका लागि अस्पताल धाउँदैनन् ।

तर यस निकायले वेलायतमा प्रत्येक तिन सेकेन्डमा एकजना व्यत्तिलाई दमको समस्या देखिने गरेको दावी गर्दै अधिकांश मानिसले दमका शुरुका लक्षणलाई लापरवाही गर्ने गरेको र तिनीहरुले तत्कालै चिकित्सकिय सल्लाह लिने पर्ने बताउँछ । गत जर्ष कतिजनाले दमको समस्या झेले भन्नेबारे प्रतिवेदन तयार पार्न १० हजार व्यक्तिलाई सोधिएको प्रश्नको आधारमा यो तथ्याँक निकालिएको हो ।

मानव फोक्सो भित्र र बाहिर हावा लाने सााघुरिएपछि श्वास फेर्न कठिन हुने रोगलाई नै दम भनिन्छ । यले वेलायतमा ४३ लाख वयस्क र ११ लाख बालबालकालाई सताउने गरेको छ । गत वर्ष दमको आक्रमणको कारण ७७ हजार ८ सय ५५ जना मानिस अस्पतालमा भर्ना भएका थिए ।

ति मध्ये प्रतिदिन तिनजनाको हिसाबले १ हजार २ सय ५० जनाको ज्यान गएको थियो । तिनीहरु मध्ये अधिकांश वृद्ध उमेरका रोगीहरुले समयमै रोगको लक्षण पहिचान गरी उपचार गराउन नसकेको अध्ययनबाट बुझिएको छ ।

स्वास्थ विशेषज्ञहरुका अनुसार निकै खोकी , स्वाँ स्वाँ आएमा वा छाती निकै कसिएको जस्तो लागेमा , श्वाससै नपुगेजस्तो र हिाड्न र बोल्न पनि कठिन महशुस भएमा र छिटो छिटो श्वास चलेजस्तो भएमा दमको लक्षण हो भन्ने जानेर समगमै चिकित्सकको सहयोग लिनुपर्ने सल्लाह दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्