दोस्रोमा पनि एपिएफ विजेता



पोखरा, (नेस)
पोखरा रंगशालामा भएको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्रप्रहरी बलको एपिएप क्लब हात पारेको छ ।

गत संस्करणमा विजेता बनेको एपीएफले शनिबार भएको फाइनलमा अर्को विभागय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएको हो । गत संस्करणमा पनि एपीएफले पुलिसलाई पराजित गरेको थियो । एपिएफले ३ लाख ५० हजार रुपैया र पुलिसले १ लाखद७० हजार नगद प्राप्त गरेका थिए । यस्तै तेस्रो स्थानको लागि भएको खेलमा प्रदेश नं. ३ ले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । प्रदेश ३ ले १ लाख प्राप्त गर्दा गण्डकीले ५० हजार रुपियाँ हासिल गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि एपिएफकी सरस्वती चौधरी घोषित भइन । उनले नगद १० हजार प्राप्त गरिन । त्यस्तै प्रतियोगितामा ब्लकरमा एपिएफकी लिला केसी, स्पाइकरमा प्रदेश ३ की प्रतिभा माली, सर्भरमा गण्डकी प्रदेशकी अरुणा शाहि, सेटरमा पुलिसकी कमला पुन, लिब्रोमा पुलिसकी शान्ति तामाङ र प्रशिक्षकमा एफिएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट हुदैँ समान पाँच –पाँच हजार रुपैया प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्