ज्ञान निकेतन र सीसीआरसी क्वाटरफाइनलमा



काठमाडौं, (नेस)
आयोजक ज्ञान निकेतन र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ज्ञान निकेतन समूह ‘सी’ तथा सीसीआरसी समूह ‘बी’ को विजेता हुँदै अन्तिम आठमा पुगेका हुन् । ज्ञान निकेतनले ग्रिनफिल्डलाई ८२–३० को फराकिलो अन्तरले पराजित ग¥यो । विजेता टोलीका नयन्द्र परियारले २४ अंक जोडे ।

ज्ञान निकेतन सबै क्वाटरमा अगाडि रह्यो । ज्ञान निकेतनले पहिलोमा १८–७, दोश्रोमा २५–८, तेश्रोमा १६–१५ र चौथोमा २३–० अंक जोड्यो ।

यस्तै सीसीआरसीले ओमेगा इन्टरनेसनल कलेजलाई ६१–२५ ले सहजै हरायो । विजेताका प्रवेश तामाङले १९ स्कोर गरे । सीसीआरसीले पनि सबै क्वाटरको नतिजा आफ्नो पक्षमा पार्ने क्रममा क्रमशः २०–२, १९–१८, १३–१ र ९–४ को प्रदर्शन ग¥यो । हारका बावजुद ओमेगा पनि समूह उपविजेताका रुपमा अन्तिम ८ मा पुग्न सफल भयो । यो समूहमा २ टिम मात्र रहेका छन् ।

समूह ‘ए’ को लिगमा ट्रिनिटीले सेन्ट जेभियर्सलाई ४७–२३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । ट्रिनिटीका सुरज खड्काले ११ अंक जोडे । लगातार दुई हारसंगै सेन्ट जेभियर्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो । सेन्ट जेभियर्स शुक्रबार टाइम्स कलेजसंग पनि पराजित भएको थियो । अब ट्रिनिटी र टाइम्सबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्