राजश्व संकलन दोब्बर



काभ्रे, (नेस)
चालु वर्षको ६ महिना अथार्त पुष मसान्तसम्म जिल्लामा ९९ अर्ब ९४ लाख ४६ हजार ५ सय ३३ रुपैया राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व संकलन भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेपलाञचोकको तथ्याङ्क अनुसार विभिन्न कार्यालय, ब्यक्ति तथा संघ संस्थाहरु मार्फत राजश्व कोषमा जम्मा भएको हो । करदाता सेवा कार्यालय धुलिखेलले मसिंर र पुष महिनामा चार वटा जिल्लाको कारोवार ग¥यो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको कारोबार सहित साउन देखि कार्तिक सम्म करदाता सेवा कार्यालय मार्फत तथा दुई महिना मसिंर र पुषमा आन्तरिक राजश्व कार्यालयको समेत गरी ९३ करोड भन्दा धेरै राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डम्मरुप्रसाद पराजुलीले जानकारी दिए । पुष महिनामा मात्रै ३२ करोड राजश्व संकलन गरेको उक्त कार्यालयले पुष मसान्त अथार्त ३० गते एक दिनमै ५ करोड ५० लाख रुपैया संकलन गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए ।

जिल्लामा सबै भन्दा धेरै कर संकलन गर्ने आन्तरिक राजश्व कार्यालय पछि जिल्ला मालपोत कार्यालय काभ्रे रहेको छ । मालपोत कार्यालय काभ्रेले ७ करोड ३९ लाख ६१ हजार १ सय १२ रुपैया राजश्व दाखिला गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत ७ करोड ३८ लाख ५८ हजार ५ सय १८ रुपैया दाखिला भएको छ ।

राजश्व संकलनमा मालपोत पछिकोे दोश्रो कार्यालय कोलेनिका हो । त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेले राहदानी तथा अन्य शिषर्कको ३ करोड ८४ लाख ५५ हजार ३ सय ६८ रुपैया राजश्व दाखिला गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले ७१ लाख ९ हजार ८ सय ८५ रुपैया रकम बुझाएको छ ।

राजश्व बुझाउने कार्यालयहरुमा जिल्ला स्वास्थ्य कार्यालय ५ लाख ९४ हजार ७ सय २५, जिल्ला आयोजना कार्यान्वयन इकाई १५ लाख १५ हजार ४ सय, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा (अनुदान ब्यवस्थापन तथा स्थानीय पँर्वाधार) ९५ हजार २ सय ५३, जिल्ला प्रहरी कार्यालय ५ लाख १० हजार ८ सय ४१, जिल्ला हुलाक कार्यालय १६ लाख २१ हजार ४ सय ५५, नापी कार्यालय धुलिखेल ३४ लाख १४ हजार १ सय ४५, २६ नम्वर बाहिनी अड्डा भकुण्डेबेशी ९० हजार, विरेन्द्र शान्तीकार्य तालिम केन्द्र ४२ हजार, विष्णु दल गण १० हजार ४ सय २, भँमि ब्यवस्थापन प्रशिक्षण केन्द्र २८ लाख २५ हजार ३ सय, मध्यमाञ्चल सिचाई विकास डिभिजन ५४ हजार ७ सय ८६ मेथिन्कोट अस्पताल ९ हजार, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धुलिखेल मार्फत ३ लाख ३ हजार ३ सय ९९ रुपैया राजश्व दाखिला भएको छ । डिभिजन बन कार्यालय धुलिखेलले ६४ हजार ३ सय ६५, पँर्वाधार विकास कार्यालय १ लाख ६० हजार, मसलाबाली विकास केन्द्र ७१ हजार ८ सय ९४ रुपैया राजश्व दाखिला गरेको छ ।

राजश्व तिर्ने कार्यालयहरुमा रेशम खति विकास शाखा ४५ हजार, शिक्षा विकास समन्वय इकाई ७३ लाख ९४ हजार ३ सय ५५ रुप्ैया र सुपरजोन कार्यान्वयन इकाईले २७ हजार बुझाएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय मार्फत ९० लाख ३ हजार ५ रुपैया राजश्व दाखिला गरिएको छ । नापी कार्यालय बनेपा, नेपाली प्रहरी साँगा, ईलाका प्रहरी कार्यालय बनेपा, शहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, शैक्षिक तालिम केन्द्र र संघीय प्रहरी ईकाई बागमतीले राजश्व दाखिला गरेका छैनन । यि लगायत अन्य कार्यालयमा जम्मा भएको राजश्व कहाँ राखिएको छ जानकारी छैन ।

जिल्लामा संघिय संरचना अनुसार जिल्ला आयोजना कार्यान्वयन (अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार), शिक्षा, भवनका अलग अलग कार्यालय छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, शशस्त्र प्रहरीको गण हेडक्वाटर काभ्रे १५ नम्वर गण, पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना, नेपाली सेनाको नम्वर २६ फि.ए गुल्म, सार्वजनिक निमार्ण कार्यान्वयन इकाई नयाँ कार्यालयको रुपमा थपिएका छन् । कृषि, पशु सेवा, घरेलु लगायतका कार्यालय नाम परिवर्तन गरी यथावत छन् ।

डिभिजन सहकारी कार्यालय, महिला विकास तथा बालबालिका कार्यालय पुर्ण रुपमा हटेका छन् भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले एक रुपैया पनि खर्च गर्ने गरी कार्यालय राखेको छैन । ६ महिनामा विकास खर्च ५ प्रतिशत भन्दा माथि नभएको कोलेनिकाको तथ्याङ्कले देखाएको छ । आम्दानीमा लक्ष्य भन्दा धेरै पुगे पनि पुँजिगत खर्च हुन नसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्