काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश



k|wfgdGqL tyf g]skfsf cWoIf s]kL zdf{ cf]nL / csf{ cWoIf k’iksdn bfxfn …k|r08Úåf/f kf6L{ sfof{no w’djf/fxLdf lrtjgsf k”j{ g]kfnL sfFu|];sf ;f+;b tLy{/fh e’iffnnfO{ kf6L{ k|j]z sfo{qmddf :jfut ub{} . t:jL/M k|bLk/fh jGt,/f;;

काठमाडौँ, ।
नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ ।

नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहनुभएका भुसाललाई स्वागत गर्नुभयो ।

भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति हुनुभएको थियो । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित हुुनुभएको थियो ।

नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।” उहाँले काँग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्