खोटाङको सडकबीचमै एक पुरुषको शव फेला



रामधन राई, खोटाङ ।
खोटाङको लिच्कीराम्चेमा सडकबीचमै पुरुषको शव फेला परेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा आर्यान समुदायकोजस्तो देखिने तराईमुलको पुरुषको शव शनिबार फेला परेको हो ।

साबिकको लिच्कीराम्चे–६ ढुसेनीमा सडकमै फेला परेको पुरुषको शव पोष्टमार्टमका लागि उदयपुर पठाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताउनुभयो ।

हेर्दा अन्दाजी ५०–५५ वर्षका देखिने पुरुषको शव रसुवाघाटबाट सिमपानीतर्फ जाने सडक खण्डमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्