नेपाल उपविजेतामै सीमितः आयोजक थाइल्याण्डसँग ७० रनले पराजित



काठमाडौँ ।
थाइल्याण्ड टि–२० स्म्यासमा नेपाल थाइल्याण्डसँग ७० रनले पराजित गरेको छ । अन्तराष्ट्रिय क्रिकेटमा पहिलो उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल फाइनलमा घरेलु टिमसँग पराजित भयो ।

थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो । उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय पारी खेलिन । उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् ।

१२२ रनको लक्ष्य पक्ष्याएको नेपाल १७ ओभर २ बलमा ५१ रनमा समेटियो । नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् । पहिलो ओभरमा नै ओपन काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु वर्मालाई गुमाउन पुग्यो । लगातार विकेट पतनको शिकार बनेको नेपालका लागि नेरी थापा र सिता रानामगरले मात्र दोहोरो अंकको रन जोड्न सके ।

नेरीले १७ रन बनाएकी थिइन् भने सिताले १३ रन जोडिन् । नेपालका चार खेलाडीले खाता नै खोल्न सकेनन् । नेपाललाई कम स्कोरमा रोक्नका लागि सुलिपोर्न लाओमीले तीन विकेट लिइन् भने सोर्नारिन टिपोचले दुई विकेट झारिन् ।

प्रतिक्रिया दिनुहोस्