जुवाको खालबाट १३ जना पक्राउ



काठमाडौं ।
कागेश्वरी मनहरा नगरपालिका ४ डाँछी नयाँगाउँ बस्ने मनिष श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा मनिष श्रेष्ठ समेत ९ जनालाई नगद १७ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका ११ कपन पयौँटार बस्ने राधा तामाङको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा धनुषा जनकपुरधाम(१ का ३० वर्षीय जितेन्द्र थापा मगर समेत ४ जनालाई नगद १९ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्