अवैध लागूऔषधसहित २ जना पक्राउ



काठमाडौं ।
पर्सा र मोरङबाट अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने धोडेमसानबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३१ केजी र चरेश १ केजी सहित मकवानपुर कालिका गाउँपालिका(२ बस्ने १८ वर्षीय महेश योञ्जनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी योञ्जनलाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका(१५ बाट पैदलयात्री सोही महानगरपालिका(११ बस्ने २० वर्षीय दुर्गाबहादुर खत्रीलाई नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १ एम्पुल र सिरिन्ज ९ पिस सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रहरीले जाँच गर्नेक्रममा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी खत्रीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्