भारतले जित्यो वान डे सिरिज



नयाँ दिल्ली, (एजेन्सी)
अस्ट्रेलियासँगको तेस्रो खेलमा भारत ७ विकेटले विजयी हुँदै २–१ ले वान डे सिरिज जितेको छ।

योसँगै भारतले पहिलोपटक एकै साथ अस्ट्रेलियन भूमिमा टेस्ट र वान डे दोहोरो सिरिज जित्दै इतिहास रचेको छ। यसअघि भएको टि ट्वान्टी सिरिज भने बराबरीमा सकिएको थियो। शुक्रबार २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा ३ विकेटको क्षतिमा आवश्यक रन जोडेको थियो। भारतको जितमा धोनी नायक बने। महेन्द्र सिंह धोनीले उत्कृष्ट ब्याटिङ गरेपछि १ सय १४ बलमा खेलेका धोनी ६ चौकासहित ८७ रनमा नट आउट रहे।

चौथो विकेटका लागि धोनीले केदार जाधवसँग १ सय २१ रनको शतकिय साझेदारी गरेपछि भारतको जित सहज बनेको थियो। ५७ बलमा ७ चौका प्रहार गर्दै जाधव ६१ रनमा अविजित रहे। भारतका कप्तान विराट कोहली ४६, शिखर धवन २३ र रोहित शर्माले ९ रन जोडे। अस्ट्रेलियाका लागि झेय रिचड्र्सन, पिटर सिडल र मार्कस स्टोइनिसले समान एक विकेट लिएपनि जितको लागि पर्याप्त रहेन। त्यस टस हारेर ब्याटिङ थालेको घरेलु टोली अस्ट्रेलिया ४८.४ ओभरमा २ सय ३० रन बनाउँदा अल आउट भएको थियो।

प्रतिक्रिया दिनुहोस्