हुवावेले कसैसँग गोप्य सुचना साझा गर्दैन ः संस्थापक



सेन्जेन (एजेन्सी)
चिनियाँ विशाल इलेक्ट्रेनिक्स कम्पनी हुवावेका संस्थापकले उनको कम्पनीले आफना ग्राहक र सन्चार नेटवर्कको गोप्य जानकारी साझा नगर्ने बताएका छन्। हुवावे टेक्नोलोजिज लिमिटेडका संस्थापक तथा अध्यक्ष रेन जेंगफेईले विदेशी संवाददातासँगको कुराकानीमा उक्त कुरा राखेका हुन्।

हुवावेले नयाँ पुस्ताको प्रविधि उद्योगमा अत्यधिक लगानी गरिरहेका विश्वब्यापी दुरसंचार सेवा प्रदायकहरूमा आफनो विश्वास कायम राख्न चाहेको छ। उक्त कम्पनीमाथि कम्युनिस्ट पार्टीको नियन्त्रण रहेको र चीनलाई जासुसीमा सहयोग गरिरहेको आरोप लागिरहेको बेला आएको उनको यो बयान अत्यन्त महत्वपुर्ण मानिएको छ। हुवावे चीनको पहिलो अन्तराष्ट्र्यि प्रविधि ब्रान्ड हो।

अमेरिका, अष्ट्र्ेलिया, जापान र अन्य केही देशका सरकारले जासुसी गरेको आरोपमा हुवावेको प्रविधि प्रयोगमाथि रोक लगाइसकेको छ। यदि कुनै सरकारले उनको दुर सन्चार प्रविधि खरिद गर्ने विदेशी खरिदकर्तासँग सम्बन्धित गोप्य जानकारी मागेमा उनको जवाफ के हुन्छ भन्ने सोधिएको एक प्रश्नको जवाफमा उनले भने ‘ यसता कुनै पनि आग्रहका लागि हाम्रो जवाफ नकारात्मक नै हुनेछ।

अहिलेसम्म कुनै पनि सरकारले उ र उनको कम्पनीसँग कसैका बारेमा ‘अनुचित जानकारी‘का लागि आग्रह नगरेको जेंगफेईले बताए।

प्रतिक्रिया दिनुहोस्