राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोगको सम्भावना



वासिंगटन (एजेन्सी)
अमेरिकाको राजनितिमा अस्थिरता सुुरु भइसकेको छ। राष्ट्रपति र संसदबीचको खिचातानीमा प्रशासनिक कामकाज बन्द छ। ब्यापारबाट एकाएक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पका एक पछि अर्को नितिले विश्व अमेरिका भित्रको मात्र नभई विश्व राजनितिक सन्तुलनलाई पनि उथलपुथल बनाइरहेको छ। उनका नितिका आलोचकहरू विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरू मात्र नभएर उनकै सत्तारुढ रिपब्लिकन पार्टीका नेताहरू पनि प्रसस्त भइसकेका छन्। देश भित्रका सन्चार माध्यममा गहिरो विभाजन देखिसकेका छन् भने देश बाहिर अमेरिकाकै सहयोगी देशहरू पनि ट्रम्प नितिका कट्टर आलोचक भइसकेका छन्।

अमेरिकामा देखिएका यी राजनितिक उतार चढावमा डोनाल्ड ट्रम्पको राष्ट्र«पति कार्यकालमाथि सुरु देखि नै प्रश्न चिह्न उठिरहेको देखिन्छ। उनको नितिमा कहिले र कुन हदसम्म अमेरिका चल्न सक्छ भन्ने प्रश्न धेरैको मनमष्तिस्कमा बसिरहेकोछ। यो प्रश्न सन् २०१७ मा ट्रम्प राष्ट्रपति बने पछि नै उठाइएको र सन् २०१९ सम्म पनि कायम छ। हाल अमेरिका मेक्सिको सीमा पर्खाल निर्माण विवाद आन्तरिक राजनितिमा चुलिएको देखिएपनि उनको कार्यकाललाई अन्त्य पार्न सक्ने मुद्दाका रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको सम्बन्ध नै संवेदनशिल रहेको छ।

ट्रम्प र पुटिनले आफनो पाँच भेटवार्तामा के कुरा गरे, यसको कुनै आधिकारिक रिकर्ड किन छैन ? ताजा प्रतिवेदनमा ट्रम्पले ती वार्ताका जानकारी लुकाउन सबै हद पार गरेको उल्लेख छ। उनले यस विषयमा उनकै अधिकारीलाई पनि जानकारी दिएको छैन र उनका अनुवादकलाई पनि जानकारी साझा नगर्न भनिएको छ।

अमेरिकी कांग्रेस अब अनुवादकसँग भएका जानकारी जारी गर्ने विषयमा सोच बनाइरहेको छ र यसका लागि उनीरुलाई संसदमा उपस्थिति हुन आदेश दिन सकिनेछ। यदि यसतो भएमा यो आफैमा अभुतपूर्व कदम हुनेछ। किनभने यसअघि अमेरिकी कंग्रेसले कुनै राष्ट्रपति र उनका अनुवादकलाई कुनै विदेशी नेतासँग भएको वार्ता खुलासा गर्न आदेश दिएको छैन। तर ती विस्तृत जानकारी बिना सोधपुछ अगाडी राख्न सकिने सर्तमा पारदर्शिता सुनिश्चित गर्न र अपब्याख्यालाई पन्छाउन कांग्रेस उक्त कदमको निकट पुगिसकेको अनुमान छ।

महाअभियोगको सम्भावना

यस स्थितिमा ट्रम्प विरुद्ध महाअभियोग लगाउन सक्छ, भन्ने प्रश्न अमेरिकी राजनितिमा अहं बनेको छ। गत बर्ष विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले पनि महाअभियोगका लागि आवाज उठाएका थिए। त्यतिबेला देखिनै यो विषय अत्यन्त गतिशिल भएर अगाडी बढिरहेको छ। तर गत बर्षको अन्त्यतिर भएको मध्यावधी चुनावपछि अमेरिकी कांग्रेसको समिकरणमा परिवर्तन आइसकेकोछ। अब अमेरिकी कंग्रेसमा डेमाक्र्टिक पार्टीको प्रभुत्व रहेको मात्र होइन , कयौं प्रतिनिधि यस्ता छन् जो पहिलो पटक चुनिएका छन र आफना अग्रज पतिनिधिहरू जस्तो राजनिति गर्न चाहँदैनन्।

ट्रम्प विरुद्ध चलाइरहेको महाअभियोग अभियानका लागि पैसको कमी देखिँदैन। सन् २०२० मा हुने चुनावका लागि एक उम्मेदवार मानिएका अर्बपति कोष ब्यवस्थापकले उक्त काममा आफनो पैसा दिने घोषणा गरिसकेका छन् र पैसाले राजनितिको दिशा बदल्ने क्षमता राख्छ।

प्रतिक्रिया दिनुहोस्