ट्रम्पको स्टेट अफ द युनियन सम्बोधनमाथि रोक



न्युयोर्क (एजेन्सी)
अमेरिकी संदनको प्रतिनिधि सभाका सभामुख नेन्सी पेलोसीेले राष्ट्रपति डोनाल्ड ट्रम्पको बार्षिक स्टेट अफ द युनियन सम्बोधनमाथि रोक लगाएकी छिन्। प्रशासनिक काम बन्द भएको कारण देखाउँदै पेलोसीले ट्रम्पलाई लेखेकोपत्रमा जनवरी २९ मा हुने सम्बोधनको आयोजना नहुने जानकारी गराएकी छिन्।

प्रशासनिक काम बन्दका कारण उक्त कार्यक्रमका लागि पर्याप्त विशेष सुरक्षा उपलब्ध गराउन सम्भव नभएको जानकारी दिँदै गुप्तचर सेवा र गृह सुरक्षा विभागका कर्मचारीहरूले विगत २५ दिन देखि तलब नपाएको उनले बताएकी छिन्।

यद्यपी ट्रम्पले आफनो सम्बोधनको स्थामा एक लिखित सन्देश पठाउन सक्छ , जुन सन् १९१३ सम्म हुने गरेको थियो। अर्को विकल्प भनेको प्रशासनिक काम बहाल नभएसम्मका लागि पर्खन सक्छ र त्यसपछि सम्बोधनका लागि नयाँ तिथि घोषणा गर्न सक्छ।
यसबीच गृह सुरक्षा मामिला मन्त्री क्रिसटजेन निलसनले आफनो विभाग र गुप्तचर सेवा स्टेट अफ द युनियन कार्यक्रममा सुरक्षा दिन र यसको समर्थन गर्नका लागि पुर्ण तयार रहेको बताएका छन्। यदि ट्रम्पलाई उक्त सम्बोधनका लागि आमन्त्रित नगरिएमा उनले सम्भवत टेलिभिजमा देशको नाममा सम्बोधन गर्न सक्छ।

अमेरिकी सरकारको प्रशासन शुक्रबार लगातार २८ दिनका लागि बन्द रहेकोछ, किनभने मेक्सिको सीमा पर्खाल निर्माणका लागि माग गरिएको रकम स्विकृत नगरिएकोमा गतिरोध कायम रहेको छ।
कांग्रेसमा डेमोक्र्याट सांसदहरूले पर्खाल निर्माणका लागि ५ अर्ब ६० करोड डलर बजेट स्विकृति गर्न अस्विकार गरेका छन्। तर ट्रम्प पर्खाल निर्माणका लागि उनलाई पर्याप्त कोष उपलब्ध नभएसम्म बजेट स्विकृत नगर्ने अडानमा छन्। त्यसकै कारण बिना बजेटको सरकारको काम बन्द भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्