५ नम्बर प्रदेशमा गाडी खरिद प्रकरणः माननीयले गाडी फिर्ता गरे अनि अटो रिक्सा चढेर घर फर्किए



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडि संसद सचिवालयमा फिर्ता गर्नु भएको छ् ।

प्रदेश पाच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडि नढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले चढ्दै आएको गाडी फिर्ता गर्नु भएको हो ।

नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिब दुर्लभकुमार पुन मगरलाइ फिर्ता गर्नु भएको हो ।

सचिवालयमा चावी बुझाउदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भन्नु भयो । सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन ,त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुं’ उहाँले भन्नु भयो ।

गाडी फिर्ता पछि उहाँ अटो रिक्सा चढेर घर फर्किनु भएको छ ।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो ।

‘उपसमितिले भेटायो गाडी खरिदमा त्रुुटी’!

खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेल (नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानवीन भैरहेको छ ।
सो उपसमितिमा बैजनाथ जयसवाल (कांग्रेस )र कल्पना पाण्डे (राष्ट्रिय जनता पार्टी)सदस्य छन् । उपसमितिको बैठक पनि बसेको थियो । गाडी खरिदमा केहि त्रु«ुटीफेला परेको सदस्य बैजनाथ जयसवालले बताउनु भयो ।

उपसमितिले पर्सि ६ गते प्रतिबेदन लेखा समितिलाइ बुझाउने तयारी गरेको उहाँले बताउनु भयो ।

यस्तै गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि सचिवालयले उपलब्ध गराइ आफुले चढ्दै आएको लु १ झ ४४१ नं. को गाडी फिर्ता गर्नु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्