हतौडा प्रहार गरी एक ब्यक्तिको हत्या



सरिता चलाउने, सल्यान ।
सल्यानमा बिहेको निम्ता दिन गएका एक ब्यक्तिको हतौडा प्रहार गरी हत्या गरिएको छ ।

जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ को फुलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हतौडा प्रहार गरी हत्या गरेका छन ।

छोराको बिहेको लागी निम्ता दिन गएका शिद्धकुमाख गाउँपालीका २ साल्घारीका ४२ बर्षिय यमन बोहरा लाई सोही ठाउँका ४७ बर्षिय शालीकराम चलाउनेले हतौडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छोराको बिहेको लागी शुक्रबार बिहान चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा हतौडा प्रहार गरी हत्या गरिएको प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ ।

मृतक बोहरा चलाउनेको घरमा निम्ता दिन पुगी रोटी खादै गर्दा एकासी हतौडा टाउमा प्रहार गरी हत्या गरिएको उहाँले बताउनु भयो ।

घटना बिहान ८ बजेको भए पनि ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो । उनिको मानसीक अबस्था ठिक नभएको समेत स्थानीयले बताएका छन ।

घटना लगतै चलाउने फरार रहेका छन । उनि घर नजिकैको जगंलमा गएर लुकीरहेको र चारैतिर बाट प्रहरी परिचालन गरी खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी गीरीराज भण्डारीले जानकारी दिनुभएको छ ।

मृतकको लास पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको उहाँले बताउनु भयो । मृतक बोहराका १ छोरा र १ छोरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्