पे्रमलीलामा दीपशिखाको लीला



प्रेमलीला नामक फिल्मको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ। प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेमभित्रको अनेक लीला समेटिएको छ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दीपशिखा खड्का र नायक अली खानबीचको मिलन विछोडलाई प्रमुखरूपमा प्रस्तुत गरिएको छ। ट्रेलरमा नायिका खड्काको दुई रूप देखाइएको छ। एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीका रूपमा देखिएकी छिन् भने अर्कोतिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन्।

कार्यक्रममा बोल्दै फिल्मकी नायिका दीपशिखा खड्काले फिल्म निर्माण गर्नु निकै गाह्रो भएको बताइन्। ‘हरेक कलाकारले एकचोटी फिल्म निर्माण गर्नुपर्छ अनि बल्ल निर्माताको सास्ती बुझिँदो रहेछ।’ –खड्काको भनाइ थियो। आफू महिला निर्मात्री भएकै कारण फिल्म निर्माणको क्रमका निकै सास्ती बेहोर्नुपरेको गुनासो उनले गरिन्।

महेश खड्का, नवीन कार्की र विराज शाहको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, पवन गौतमको छायांकन, चन्दन दत्त र शालिक दुलालको सम्पादन रहेको फिल्ममा दीपशिखा, अली र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्विङ्कल श्रीवास्तवलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्