लागु औषध तश्करीमा विमान कर्मचारीको संलग्नता



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाली प्रहरीले एकजना फ्लाइट एटेडेन्सको सहयोगमा लामो समय देखि मुलुकमा लागु औषध भित्राउँदै आएको एक उच्च संगठित समुहलाई नियनत्रणमा लिइएको बुधवार जनाएको छ ।

मेलवर्न स्थित उक्त भियतनामी सिन्डिकेटले विगत पााच वर्षदेखि आफ्नो कारोवार संचालन गर्दै आइरहेको अष्ट्रेलियालस् संघिय प्रहरीले बताएको छ । मालिन्डो एयरका एकजना कर्मचारी सहित आठजना गतसाता मेलवर्नमा पक्राउ परेको बताइएको छ ।

मलेसियाको सानो एयरलाइन्स मालिन्डो एयरले यस विषयमा अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन । प्रहरीले अहिलेसम्म सो समुहले मलेसियाबाट कमितमा १ करोड ४५ लाख अमेरिकी डलर वरावर मुल्यको हेरोइन र मिथाम्फेटामाइन अष्ट्रेलियमा ओासरिसकेको दावी गरेको छ ।

नाम नखुलाइएका २६ देखि ४८ वर्ष उमेरका चारजना महिला र चारजना पुरुषलाई लागु औषध ओसार प्रसार गरेको अभियोगमा मुद्धा चलाइने भएके छ । प्रहरीले तिनीहरुको नागरिकता पनि सार्वजनिक गरेको छैन ।

क्याविन क्रुलाई ड्रग कुरियरको रुपमा प्रयोग गरिँदै आएको र मेलवर्न र सिडनी हुँदै लागुऔषध अष्ट्रेलिया पुग्ने गरेको एएफपिका पत्रकारले बताएका छन् । ति पुरुष फ्लाइट एटेनडेन्टले आफ्नो शरिर र लगेजमा राखेर लागु औषध पास गराउादै आएको प्रहरीले खुलासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्