कुख्यात चिनिया लागु औषध तश्करलाई मृत्युदण्ड



बेइजिंग,(एजेन्सी)
कुनै समय लागु औषध उत्पादनका लागि निकै कुख्यात एउटा चिनियाँ गाउँका पुर्व कम्युनिस्ट पार्टी प्रमुखलाई विहिवार मृतयुदण्ड दिइएको चिनिया सरकारी संचार माध्यम सिन्हवाले जनाएको छ ।

संचार माध्यमले गाउाका सम्पुर्ण लागु औषध उत्पादनकर्तालाई संरक्षण गर्ने भएकाले काइ दोंगजिया नामक यिनलाई गोउको गडफडरको संज्ञा दिेन गरेको छ । दक्षिणी गुआँगदोंग प्रानतको बोसे गाउँका करिव २० प्रतिशत वासिन्दा लागु औषध उत्पादन र ओसार प्रसारमा संलग्न रहेको बताइन्छ । चीनभरि अवैध रुपमा खपत हुने एक तिहाइ क्रिष्टल मेथ यहि गाउँबाट उत्पादन हुने गरेको छ ।
काइ सो क्षेत्रको सबैभन्दा वरिष्ठ सरकारी अधिकारी मानिन्छन् । सन् २०१३ मा चिनिया अधसैनिक प्रहरीको विशेष टोलीले चलाएको कारवाहीको दौरान काइलाई पक्राउ गरिएको थियो ।

सो अभियानमा ३ हजार भन्दा बढि प्रहरी अधिकारी परिचाल गरिएको थियो । बिहान सवेरै गाउँमा छापा मार्ने क्रममा काइ लगायत अन्य १ सय ८० जना भन्दा बढि आशंकित पक्राउमा पर्नुका साथै तीन टन क्रिष्टल मेथ बरामद गरिएको थियो । त्यसवेला प्रहरीले त्यहााबाट आधा टन भन्दा बढि अर्को केटामाइन नामक लागु औषध पनि वरामद गरेको थियो ।

सन् २०१६ मा मुद्धा चलाई पछि काइलाई मृत्दण्ड सुनाइएको थियो । उनले आफ ु आफ्ना हयोगीलाई छुटाउन प्रहरीलाई घुस ख्वाउने प्रयास समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्