लाश प्राप्त



आसाम,(एजेन्सी)
भारतको नौसैनिक तैराकीहरुले विहिवार उत्तर पश्चिमी मेघालयको बाढीग्रस्त एउटा कोइला खानीमा अन्य चौंधजना कामदारसंग फसेका मध्ये एकजनाको शव फेला पारेका सुरक्षासुत्रले जनाएको छ । तिनीहरु ‘ मुसाको दुलो ’ को नामले चिनिने अवैध खाल्डोमा गत १३ डिसेम्वरमा प्रवेश गरेका थिए ।

तयसपछि नजिकैको नदीको बाढी पसेपछि तिनीहरु त्यहाँ थुनिएका थिए । सैनिक तैराीहरुले ४८ मिटर गहिरो खाल्डोबाट सो लाश झिकेका हुन् । अन्य अलपत्र परेका कामदाहरुबारे अझै केहि पनि अत्तोपत्तो नभएको स्थानिय स्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्