रुसी राष्ट्रपति पुटिन सर्वियाको भ्रमणमा



मस्को,(एजेन्सी)
युरोपेली संघ ( इयु ) को सदस्यता लिन खोजिरहेको सर्वियासंगको सम्बन्ध मजवुत बनाउने उद्देश्यले विहिवार रसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा एक प्रतिनिधि मन्डल सर्विया प्रस्थान गरेको रुसी सरकारी संचार माध्यमले जनाएको छ ।

वेल्ग्रेड प्रस्थान गर्नु अघि पुटिनले केहि पशिचम िराष्ट्रहरुलाई बाल्कन क्ष्ेत्रमा अस्थिरता मच्चाउन खोजेको आरोप लगाएका थिए । पुटिनको भ्रमणलाई मध्य नजर राख्दै सर्वियाको राजधानीको सुरक्षा व्यवस्था निक ैकडा पारिएको छ ।
पुटिन चढेको विमानलाई मिग लडाकु विमानहरुले सुरक्षा प्रदान गर्ने तथा करिव सात हजार प्रहरी परिचालन गरिने भएके छ । स्थानिय वासिन्दालाई पनि पुटिन बेल्ग्रेडका बाटोमा सवार हुँदा आ–आफ्नो घरको वादृलीबाट समेत नहेर्न स्थानिय प्रशासनले निर्देशन दिएको छ ।

पछिल्ला केहि साता यता सर्वियका राष्ट्रपति अलेक्जान्दर भ्युसिक र उनको सत्तारुढ एसएनएस पार्टी विरुद्ध संचार स्वतन्त्रतामा अँकुश लगाएको र विपक्षी राजनिितक खेमा माथि आक्रमण गरेको भन्दै विशाल जन प्रदर्शन हुँदै आएको थियो । उच्च सुरक्षा सतर्कता वावजुद पनि सर्वियाको अर्थोडक्स चर्च सेन्ट साभामा रसी नेता पुटिनको स्वागत गर्न दसौं हजार मानिसले सहभागिता जनाउने योजना बनाइरहेको बताइएको छ ।

सर्विया युरोपेली संघको सदस्यता लिने लाइनमा रहेपनि अझै पनि मस्केको निकटतम गठबन्धनको रुपमा रहेको छ । यसरी इयुमा प्रवेश गर्न लाग्दा सम्म पनि सर्विया किन मस्को मित्रता प्रति मरिमेटिरहेको छ भन्ने प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्