शिवरामलाई ४४औं उपाधि



काठमाडौं, (नेस)
नेपाली व्यवसायिक गल्फका नम्बर एक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल एनपीजीए म्याच प्लेमा उपाधि जितेका छन् ।

सुर्य नेपाल गल्फ टुर २०१८–१९ अन्तर्गत चौथो प्रतियोगिताको अन्तिम दिन बिहीबार भुवन नगरकोटीलाई हराएर श्रेष्ठले उपाधि हात पारेका हुन् । यो उनकोे करियरको ४४औं उपाधि हो भने यस सिजनको तेस्रो उपाधि हो । श्रेष्ठले ७० हजार र रनरअपमा खुम्चिएका भुवनले ४० हजार नगद प्राप्त गरे ।

शीर्ष १६ का खेलाडीबीच हुने उक्त प्रतियोगितामा दिनेस प्रजापति तेस्रो भएर २८ हजार नगद हात पारे । रामे मगरले पराजितसँगै चौथो स्थानमा रहेर २० हजार नगद प्राप्त गरेका थिए । क्वार्टरफाइनलमा हारेका दिपक मगर, भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र बलभद्र राईले समान ११÷११ हजार रुपियाँ प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्