युभेन्ट्सलाई इटालियन सुपर कप



लन्डन, (एजेन्सी)
युभेन्टसले आठौ पटक इटालियन सुपर कप फुटबलको उपाधि कीर्तिमानीका साथ उचालेको छ ।

बुधबार राति साउदी अरेबियामा भएकोे फाइनल खेलमा एसी मिलानलाई १–० गोलअन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि हात पारेको हो । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए ।

योसँगैं युभेन्ट्स इटालियन सुपर कपको उपाधि सर्वाधिक जित्ने एक्लो टोली बनेको छ । यसअघि ओल्ड लेडी क्लबले एसी मिलान सरह सात पटक उपाधि चुमेको थियो ।

—रोनाल्डोको युभेन्टसमा पहिलो उपाधि ।
—उनको इटालियन फुटबलमा १६औं गोल ।
—यसअघिको दुई सिजनमा युभेन्टस रनरअपमा सीमित ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । खेलको ६१औं मिनेटमा रोनाल्डोले हेडमार्फत् गरेको गोल नै खेलको निर्णायक साबित बनेको थियो । खेलमा फर्कन भरमग्दुर प्रयास गरे पनि एसी मिलानले प्राप्त मौकालाई सदुपयोग गर्न नसक्दा हार स्वीकार्न बाध्य बन्यो ।

खेलको ७३औं मिनेटमा एसी मिलान १० खेलाडीमा खुम्चिएको थियो । एसी मिलानका फ्रान्क केस्सीले मैदान छाड्नु परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्