कालिन प्रमुख प्रशिक्षकमा नियुक्त



काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको बैठकले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि योहान कलिनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्न निर्णय लिएको छ । स्विडेनका कलिन यसअघि ए डिभिजन क्लब मच्छिन्द्रका पनि प्रशिक्षक भइसकेका थिए । यसैगरी सो बैठकबाट भएका अन्य निर्णयमा महिला राष्ट्रिय फुटबल टोलीलाई जनही ५० हजार दिने रहेको छ । सो टोलीले ओलम्पिक छनोट चरणको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत नगदद्वारा पुरस्कृत गर्न लागेको एन्फाले जनायो ।

यसैगरी नेपाली महिला राष्ट्रिय यु १९ टोलीका प्रत्येक सदस्यलाई २५ हजार निर्णय एन्फाले लियो । यु १९ टोली एएफसी यु १९ च्याम्पियनसिप छनोट चरणको प्रतियोगितामा छनोट भएको हो । यसका साथै हाल महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तयारी तथा प्रशिक्षण रहेको हुंदा बिशेष भत्ता (बोनस)को रुपमा हाल प्रशिक्षणमा रहेका ३० जना महिला खेलाडीहरुलाई जनही १० हजार प्रदान गर्ने लिएको छ ।

प्रतिक्रिया दिनुहोस्