रेलमा नहोला र झेल ?



‘जहाज किनबेच’ कान्डले अहिलेको जाडोलाई पनि निकै तताईरहेको बेला सरकारले फेरी जहाज किन्ने भएछ । लाउडा, धमिजा, चाइना साउथवेस्ट, वाइडबडी कान्डले दजनौलाई डामेपछि राम्रैसँग तर्सिएको सरकारले आकाश होइन पानीमा पौडिने जहाज ताकेछ ।

मन्त्री परिषद्को पछिल्लो खवर यस्तै छ । ‘अब कागजको होइन साँच्चै पानीजहाज चलाउन पानी जहाज कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय भएको छ’–सञ्चारमन्त्री बाँस्कोटाले बताए । १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय खोल्ने सरकारका आलोचकलाई पनि जहाजमा चढाउने भनेसी कुरो साँच्चै रैछ अब त पत्याउँदै प¥यो ।

त्यति मात्रै हो र सरकारले त अब रेल पनि किन्ने रे । जनकपुर–जयनगर खण्डमा यही वर्षभित्रै गुडाउने गरी रेलगाडी किन्ने कुरो भएछ । यो कुरो पनि ‘रियल’ रे बास्कोटाले बताएपछि नपत्याउने कुरो भएन । तर रेल किन्दा के कति झेल हुने हो यस्तो आशंका चाहिँ भइहाल्दो रैछ भन्या । वाइडबडीमा वाइडकान्ड भयो भने यता रेलमा झेल नहोला भन्न सकिन्न है पाठकवृन्द । आखिर झेलै झेलमा चन्या देश त हो ।

प्रतिक्रिया दिनुहोस्