त्रिभुवन विमानस्थलमा कलात्मक चौतारी



काठमाडौं, (नेस)
त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने अभियानअन्तर्गत विमानस्थलको मुख्य प्रवेशद्वारको दुवैतर्फ नेपाली मौलिकता झल्किने कलात्मक चौतारीको निर्माण गरिएको छ । होटल संघ नेपालले अन्तर्राष्ट्रिय विमानस्थललाई आकर्षक बनाउन उक्त चौतारी निर्माण गरेको हो ।

संघका अध्यक्ष अमरमान शाक्यले निजी क्षेत्रको तर्फबाट निर्माण गरिएको चौतारी विमानस्थल व्यवस्थापनलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
होटल संघ नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबीच होटल संघ नेपालद्वारा विमानस्थल मुख्य प्रवेशद्वार क्षेत्रदेखि दुवैतर्फ अपरेसन भवन फाउन्टेनसम्म हरियाली तथा सौन्दर्यकरण गराउने कार्य पनि सम्पन्न भई सञ्चालनमा रहेको छ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पँर्वसन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यलाई थप ऊर्जा तथा प्रोत्साह गर्ने अभिप्रायले विमानस्थल प्रवेशद्वार दायाँ बायाँ खाली रहेको स्थानमा संघले कलात्मक चौतारी निर्माण गरेको जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले होटल संघ नेपालको यस कार्य उदाहरणीय रहेको बताउनुहुँदै विमानस्थलको सारसज्जामा निजी क्षेत्रको निरन्तर सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्