व्यापारघाटा ३६ प्रतिशतले बढेर ५ महिनामा करिब ५७० अर्ब पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु व्यापारघाटा ३६ दशमलव १ प्रतिशतले विस्तार भई ५६९ अर्ब ४९ करोड पुगेको छ ।

यस अवधिमा निर्यात–आयात अनुपात ६दशमलव २ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त अनुपात ७ दशमलव ५ प्रतिशत रहेको थियो । पाँच महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मँल्य सँचकांक वार्षिक बिन्दुगत आधारमा ५ दशमलव ३ प्रतिशतले बढेको र आयात मँल्य सँचकांक १० दशमलव २ प्रतिशतले वृद्धि भएकाले व्यापारको शर्तमा ४ दशमलव ४ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त ५ दशमलव १ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार कार्पेट, पश्मिना, तामाको पाता, कच्चा धागो, घ्यँलगायतका वस्तुको मँल्य बढेको कारण निर्यात मँल्य सँचकांकमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, ऊनलगायतका वस्तुको मँल्य बढेका कारण आयात मँल्य सँचकांकमा वृद्धि भएको हो ।

समीक्षा अवधिमा खुद सेवा आय ८ अर्ब ४९ करोड रुपियाँले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४ अर्ब ५४ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ८ दशमलव ७ प्रतिशतले वृद्धि भई ३१ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय २९ अर्ब ३३ करोड रुपियाँ रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा पर्यटन व्यय ३८ दशमलव ६ प्रतिशतले वृद्धि भई ४१ अर्ब ३३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च २२ अर्ब १४ करोड रुपियाँ छ ।

त्यस्तै चालू आर्थिक वर्षको पाँच महिनामा चालू खाता घाटा विस्तार ११९ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ६२ करोड ३ लाख रहेको चालँ खाता घाटा पाँच महिनाको अवधिमा १ अर्ब ४ करोड ४५ लाख पुगेको छ । त्यस्तै शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५ अर्ब ४८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ५ करोड ३९ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड १ लाखले घाटामा रहेको छ ।

त्यस्तै पुँजीगत ट्रान्सफर ५ अर्ब २७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ६ अर्ब ७८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रहेको थियो ।

मूल्यवृद्धि घट्यो
नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा उपभोक्ता मँल्यवृद्धि ३ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोमँल्यवृद्धि ४ दशमलव २ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समँहको मुद्रास्फीति सीमान्त रुपले मात्र बढेको कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यँन रहेको हो ।

त्यस्तै उपभोक्ता मूल्यवृद्धि हिमालमा ४ दशमलव १ प्रतिशत, पहाडमा ३ दशमलव ८ प्रतिशत, काठमाडौं उपत्यकामा ३ दशमलव ७ प्रतिशत र तराईमा ३ दशमलव ७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ५ प्रतिशत, ४ दशमलव ८ प्रतिशत, ३ दशमलव ४ प्रतिशत र ४ दशमलव ३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्