सिद्धार्थ इन्स्योरेन्सका तीन नयाँ बीमा सेवा थप



काठमाडौं, (नेस)
सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बीमा सेवा थप गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इं तथा सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्त रुपमा यी बीमा सेवाको शुभारम्भ गर्नुभयो ।

सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिलामैत्री बीमा लेख हो ।बीमा लेखले बीमितको साथै निजको पतिको समेत दुर्घटना बीमा जोखिम बहन गरेको छ ।

यसको साथै बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्था आईपरेमा सो सम्बन्धमा आईपर्ने खर्च बहन गर्ने दुर्घटनाजन्य कारण (बाढीपहिरो, आगलागी, भुईचालो) बाट घरायसी सामानको क्षति भएमा सो समेत जोखिम बहन गर्ने छ । त्यस्तै सुत्केरी गराउने सिलसिलामा अपरेशन वा सुत्केरी हुन नसकी बीमितको मृत्यु भएमा जस्ता सेवा समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्षसम्मका सन्तान एकै बीमा लेखमा समावेश गर्ने छ । बिमितको पति वा पत्नीको जोखिम समेत बहन गर्ने, साथै बिमितको १८ वर्षसम्मका दुई बच्चाको दुर्घटना जोखिम वहन गरिएको तथा एक परिवारलाई एकै बीमा लेखले सुरक्षित गर्ने रहेको छ ।

अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदाआइपर्ने कानुनी दायित्वको क्षतिपँर्ति प्रदान गर्ने उद्देश्यले बीमा रहेको छ । यस बीमा लेखले प्रचलित अन्य बीमा लेखभन्दा फरक ढंगले सामँहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपँर्ति दिन्छ ।
यस कम्पनीले ७० भन्दा बढी शाखा सञ्जालबाट आफ्ना सेवा विस्तार गरी रहेका पनिजानकारी गराएको छ । सोही कार्यक्रममा यस संस्थाले आफ्नो सद्भावनादँतको रुपमा पँर्वनेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्