दुई वर्षभित्र पुनर्निर्माण पँरा गर्ने गरी लक्ष्य र कार्ययोजना पारित



नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुर्नस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवम् पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुर्नस्थापनाका बाँकी कार्य दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पेश गर्नु भएको आगामी लक्ष्य र कार्ययोजना अनुसार आर्थिक वर्ष २०७४÷७५ भित्र प्रथम किस्ता लिएका सम्पँर्ण लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष २०७५÷७६ भित्र सम्पन्न गरिनेछ ।

बैठकपछि कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भँकम्प गएलगत्तै पुनर्निर्माण भएका घरलाई एकमुष्ट तीन लाख रुपियाँ अनुदान उपलब्ध गराउनका लागि प्रक्रियालाई सहज बनाएर अघि बढने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै आगामी लक्ष्यअनुसार गुनासो सुनुवाई, भँमिहिन, जोखिम वर्ग, एकीकृत बस्ती र परम्परागत बस्तीसँग सम्बन्धित लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष २०७६÷७७ भित्र सम्पन्न गरिनेछ ।

गुनासो सुनुवाई र पुनःसर्वेक्षणको कार्य आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिकभित्र सम्पन्न गरी बाँकी सबै लाभग्राहीलाई यसै आर्थिक वर्षभित्रै पहिलो किस्ता रकम उपलब्ध गराइने ज्ञवालीले बताउनुभयो ।

जोखिमयुक्त बस्ती तथा घर को स्थानान्तरणको आगामी लक्ष्य एवं कार्ययोजना अनुसार सबै लाभग्राहीलाई सुरक्षित जग्गा व्यवस्था पनि यसै आवभित्र गर्ने निर्णय भएको छ ।

एकीकृत बस्ती विकासअन्तर्गत चालँ आर्थिक वर्षभित्र ५० वटा र आगामी आर्थिक वर्षभित्र थप २५ वटा योजना स्वीकृत गरिने बताइएको छ । जोखिम वर्ग लाभग्राहीलाई थप ५० हजार अनुदानसहित घर निर्माण कार्य आरम्भ आर्थिक वर्ष आगामी आवभित्र गरिने छ भने चालँ आर्थिक वषभित्र ४० प्रतिशत र आगामी आर्थिक वर्षभित्र शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्