गाडी लिलाम नहुँदा करोडौ नोक्सानी



विमल बिष्ट, डोटी
डोटी जिल्लाका बिभिन्न सरकारी कार्यालयमा बर्षौ देखी बिग्रीएर थन्किएका सवारी साधनहरु समयमै लिलाम बिक्रि नहुँदा करोडौ रुपियाको सम्पति नष्ट हुदै जान थालेको छ । बिभिन्न समयमा खरिद गरिएका सवारी साधनहरु बिग्रीएपनि झन्जटिलो सरकारी लिलाम प्रक्रियाका कारण समयमै लिलाम गर्न नसकिएको कर्मचारीहरु बताउँछन् ।

डोटीका बिभिन्न सरकारी कार्यालयहरु डिभिजन सडक कार्यालय,दिपायल सिलगढी नगरपालीका,बिधुत कार्यालय,जिल्ला प्रशासन कार्यालय , जिल्ला समन्वय समिति,सडक डिभिजन अन्तरगत डोटीको बुडरमा रहेको सडक यान्त्रीक कार्यालय, लगायतका दजर्नौ सरकारी कार्यालयमा रहेका करोडौका बिग्रीएर थन्किएका सवारी साधन लामोसमय देखी लिलाम प्रक्रिया अघि नबढाईदा सरकारी सम्पति नष्ट हुदै जान थालेको छ ।

झन्जटिलो सरकारी लिलाम प्रक्रिया एउटा कारण भएपनि सम्बन्धित कार्यालयको लापर्वाहि तथा बेवास्तापनले करोडौको सरकारी सम्पति नष्ट हुन थालेको दिपायलका स्थानिय तथा समाजसेबि घनस्याम पाठकले बताउँनुभयो । उहाँले भन्नुभयो,‘जब सम्म कर्मचारीमा सरकारी सम्पती हाम्रो हो भन्ने कुराको ज्ञान आउदैन तब सम्म नेपालमा यस्तो प्रक्रिया चलिरहने छ ।’

डोटीका केही सरकारी कार्यालयमा सरकारले नयाँ गाडी दिएका कारण पुराना चल्ने अबस्थका गाडी प्रयोग नगरीदा बिग्रीएर थन्किन बाध्य भएको स्वयम कर्मचारी हरु बताउछन् । गाडीहरु लामो समय देखी बिग्रीएर थन्किएका कारण कतिपय त कामै नलाग्ने गरी खिया लागेका छन् भने कतिपए सवारी साधनका महत्वपुर्ण पाटपुर्जा हराउन तथा चोरीन थालेको सवारी चालकहरु बताउँछन् ।

आफनै कार्यालयमा रहेका सवारी साधनका पाटपुर्जा कस्ले चोरदै छ भन्ने बिषयको जानकारी सम्बन्धित कार्यालयका प्रमुख लाई समेत नहुने गरेको बताईएको छ । यतिमात्र नभई डोटीको बुडरमा रहेको डिभिजन सडक कार्यालय मातहतको यान्त्रीक कार्यालयमा बिग्रीएर थन्किएका सवारी साधनको लेखाजोखा गर्ने कर्मचारी समेत छैन् । उक्त कार्यालयमा ट्रिपर,जीप,लोडर तथा ट्रयाक्टर गरी दजर्नौ सवारी साधन लिलाम नहुदा करोडौको सरकारी सम्पति माटोमा परिणत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्