डा. केसीको माग पूरा भएको भन्नु केटाकेटी पन: संयोजक माथेमा



भद्रपुर(नेस) ।चिकित्सा शिक्षा विधेयकका लागि सरकारद्वारा गठित कार्यदलका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले सरकारले डाक्टर गोविन्द केसीको माग पूरा गरिसकेको भनेको केटाकेटी छक्कयाए जस्तो भएको बताए । अनशनरत चिकित्सक डा. केसीलाई भेट्न इलाम जाने क्रममा झापाको भद्रपुर स्थित चन्द्रगढी विमानस्थलमा विहीबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

विज्ञहरुले दिएको सुझाव नसमेटिएको कुरा एक्कासी संसदमा आएको प्रति माथेमाले दुःख व्यक्त गरे । सरकारको पार्टीका नेताहरुबाट डा. केसीका अधिकांश माग विधेयकमा समेटिएका छन् भनेर भनिरहँदा माथेमाले उक्त कुरा केटा केटीलाई फकाएको जस्तो भएको धारणा राखे । पाँचवटा भन्दा बढीलाई एउटा विश्वविद्यालयले सम्बन्धन दिन नमिल्ने उनले बताए ।

प्रधानन्यायधिश शुशिला कार्कीले माथेमा आयोगले बुझाएको प्रतिवेदनमा आफु सहमत रहेको बताइन । डा. केसीका माग सरकारले पूरा गर्नुपर्ने उनको माग थियो ।

पूर्वसभामुख दमानाथ ढुङ्गनाले भ्रमणको उद्देश्य डाक्टर केसीलाई अनशन स्थगित गरी काठमाडौं फर्किन आग्रह गरिने र सरकारले वार्ताको माध्यमबाट निकास निकाल्नुपर्ने बताए । उनको जीवन रक्षा प्रमुख रहेको उनले बताए ।

इलाममा नवौं दिनको अनशन बसेका डाक्टर केसीको अवस्था बुझनलाई काठमाडौंबाट प्रधानन्यायधिश कार्की, पूर्वसभामुख ढुङ्गना, संयोजक माथेमा, सुरेन्द्र भण्डारी र डा. अभिषेकराज सिहं सहितको टोली आएको थियो । डा. केसीको १६ औ सत्याग्रहको नवौं दिनमा टोली झापा हुदै इलामतर्फ लागेको हो ।

प्रतिक्रिया दिनुहोस्