डा. केसीलाई काठमाडौं ल्याइयाे, शिक्षण अस्पतालको आइसियूमा उपचार हुँदै



काठमाडौं । चिकित्सा शिक्षाको विषयलाई लिएर १६औँ पटक अनशनमा बसेका डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ। पुस २५ गतेदेखि इलाममा अनशन थालेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएसँगै बिहीबार राति नै काठमाडौं ल्याइएको हो।

डा. केसीलाई नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो। उनलाई झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो। यसअघि उनलाई इलामस्थित अनशनस्थलबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो।

डा. केसीलाई राति काठमाडौं ल्याउने क्रममा स्वास्थ्य निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विशेषज्ञ चिकित्सक पनि साथमा आएका थिए। डा. केसीको काठमाडौं ल्याएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार भइरहेको छ। उनलाई आइसियूमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्