सरकारले रेल किन्ने, पानीजहाजका लागि प्रक्रिया अघि बढ्याे



नेपाल समाचारपत्र, काठमाडौं
सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषदको गत पुस २९ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बा“स्कोटाले सो को जानकारी दिनुभएको हो ।

बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

यसैगरी बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री बा“स्कोटाले बताउनुभयो । उहा“ले थप्नुभयो ‘कागजको होइन, सा“च्चैको पानीजहाज चलाउन कार्यालय स्थापना गरिन लागेको हो ।

यसका लागि दरबन्दी स्वीकृत तेरिज स्वीकृत गरिएको छ । कार्यालय स्थापनास“गै नेपालमा पानीजहाज सञ्चालनको औपचारिक सुरुवात हुने छ ।
बैठकले आउ“दो चैत्र १५ र १६ मा काठमाडौंमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी ल्याउने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको मन्त्री बा“स्कोटाले बताउनुभयो । ‘यो सम्मेलन पहिलेको भन्दा पृथक रहेको छ। राजनीतिक स्थिरता र विकासको नया“ सपना लिएको सरकार आएकाले लगानी सम्मेलन पृथक तरिकाले गर्न लागेको हो ।’ उहा“ले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्